Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– पूर्वन्यायाधीश भरतराज उप्रेतीको निधनपछि सर्वोच्च अदालतको सोमबार आकस्मिक बैठक बसेको छ ।

आकस्मिक बसेको सर्वोच्चको पूर्ण बैठकले पूर्वन्यायाधीश उप्रेतीको निधनमा दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।

उहाँलाई उच्च सम्मानका साथ स्मरण गर्दछौँ भन्दै वरिष्ठतम् न्यायाधीश कल्याण श्रेष्ठको अध्यक्षतामा बसेको सो बैठकले “प्राज्ञिक एवम् निडर व्यक्तित्वका धनी दृढ निश्चयी, वाणिज्य कानुनका ज्ञाता, शिक्षासेवी, विधिको शासन तथा न्यायिक स्वतन्त्रताका हिमायती उप्रेतीले न्याय र कानुनको क्षेत्रमा पुर्याउनुभएको योगदान सधैँ अविस्मरणीय रहिरहने छ, ” भनेको छ ।

पूर्वन्यायाधीश उप्रेतीको निधनमा सोमबार सर्वोच्च अदालतका कुनैपनि इजलास बसेन । अपराह्न ५ः२० बजेसम्म दैनिक कार्यसूचीमा रहेका २१२ मुद्दामध्ये २०० मुद्दामा बेञ्च बस्न नभ्याएको भन्दै स्थगित गरिएका थिए भने १२ वटा मुद्दामा कुनै कैफियत जनाएको थिएन ।

तपाईको प्रतिक्रिया