Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

मन्थली– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडित परिवारका लागि दिइने सुविधा ३ लाखसम्म पुयाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि सोमबार रामेछाप आइपुग्नुभएका ओलीले जिल्ला प्रशासन कार्यालयमा भएको अन्तरक्रियामा उक्त प्रतिवद्धता जनाउनुभएको हो । यस अघि सरकारले भूकम्पबाट घरविहीन भएका परिवारलाई पुननिर्माणका लागि २ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । कांग्रेस र एमालेका जिल्ला अध्यक्षले पुर्ननिर्माणका लागि २ लाखले नपुग्ने बताएपछि ओलीले ३ लाखसम्म पुयाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

रामेछापको ठोसे, चुचुरे, रामेछाप बजार र मन्थलीको भूकम्पबाट भएको क्षतिको अवलोकन गरेर अन्तरक्रियामा बसेका ओलीले राहतका नाममा कसैले पनि राजनीति नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो राजनीति गर्ने, फोटो खिच्ने फेसबुकमा हाल्ने वेला होइन । सबैले आ–आफ्ना क्षेत्रमा सक्रिय भएर पीडितलाई व्यवस्थापन गर्नका लागि जुट्नुपर्छ ।’

ओलीले देश संकटमा परेको बेला सेना र सुरक्षाकर्मीबाट भएको उल्लेख्य सहयोगको पटक पटक प्रशंसा गर्नुभयो । आफ्ना घर र ब्यारेक असरल्ल छोडेर पीडितको खोज र उद्धारमा सेना निस्किएको वताउँदै ओलीले बाह्य देशले नाम मात्रको सहयोग गरेको बताउनुभयो । अध्यक्ष ओलीले व्यंग्य गर्दै भन्नुभयो, ‘विदेशी कुकुरले दिनको एक लाखको खाना खाए र त्यत्तिकै हाराहारीमा भत्ता पचाए । तिनको काम केहि प्वालमा पसेर सुग्ने भन्दा केहि भएन ।’

तपाईको प्रतिक्रिया