Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ-भर्खरै गएको विनाशकारी महाभूकम्पबाट क्षतिभएका घरहरू पुन निर्माणको लागि नेपाल इन्जिनियर्स एसोसिएसनले पाँच सय इन्जिनियरहरू खटाउने भएको छ ।

एसोसियसनका अनुसार यसअघिसम्म भत्केका घर निरीक्षणमा खटिएको इन्जिनियरहरू अब मर्मतको लागि परामर्श दिन खटिने भएका हुन् ।
भूकम्पजानासाथ बस्न हुनेनहुने, घरको जोखिमको बारेमा सरसल्लाह दिएको र अव दोस्रो चरणमा घर निर्माणको लागि सुझाव दिने एसोसिएसनका महासचिव किशोर झाले बताउनुभयो ।

त्यसो त बस्न नहुने भनिएका जोखिमपूर्ण घरहरू नभत्काइकन बनाउने उपायहरूबारे परामर्श दिने उहाँले बताउनुभयो ।
एसोसिएसनका स्वयम्सेवकले हालसम्म ४५ हजार ३८ घरको निरीक्षण गरिसकेको बताएको छ । आफूहरुले निरीक्षण गरेका घरमा मौखिक सुझाव मात्रै दिइएको, स्टिकर नटाँसिएको समेत एसोसिएसनले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया