Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

लमजुङ- हालैको विनाशकारी भूकम्पको स्मरण गर्दै लमजुङ जिल्लाका कवि कवयित्रीहरुले आ-आफ्ना रचनामार्फत भूकम्प जाँदाको अनुभव, राहतमा भएको ढिलाइ र राजनीति तथा विपत्तीलाई अवसरका रुपमा लिनुपर्ने भावना व्यक्त गरेका छन् ।
अन्तरङ्ग राष्ट्रिय साप्ताहिकद्वारा सदरमुकाम बेँसीसहरमा आयोजित मासिक रचनावाचनको २५औँ शृङ्खलाका अवसरमा भूकम्पबाट पीडित स्रष्टाहरुले जस्तोसुकै विपद्मा पनि विचलित नभई साहित्य सिर्जनामा लाग्ने बताउनुभयो ।
सो अवसरमा कविहरु तेजनारायण अधिकारी, केशव सिग्देल, एलबि क्षेत्री, चेतनाथ अधिकारी, वेन सुयल, सुशीलचन्द्र अधिकारी, वासुदेव थापा, वसन्त अधिकारी, रामचन्द्र अर्याल, राजु थापा, कवयित्री कमला केसी, सीता पौडेल, गायिका सुधा ढकाल तथा वालकविहरू अपूर्वराज पहाडी, निश्चल अधिकारी, आशिष परियार, सुदिल थापा, कामना थापालगायतले कविता पाठ गरेका थिए ।

कार्यक्रममा हालैको भूकम्पले घर ध्वस्त बनाएका लमजुङका तीन कवि तथा साहित्यकारहरू चेतोनाथ अधिकारी (विचौर), रुद्रनिधि तिवारी (चिती) र विश्व विनोद (गाउँसहर)लाई जनही रु ३० हजार आर्थिक सहायता प्रदान गरिएको थियो । भूकम्प पीडित स्रष्टाहरूलाई हस्तान्तरण गरिएको उक्त रकम अमेरिकाका साहित्यकार माइकल रोथर्नवर्गले ‘पोइट इन् निड’ संस्थामार्फत प्राप्त भएको थियो ।
सो सहयोग रकम हस्तान्तरण गर्दै नेपाली राइटर इन इङ्लिस सोसाइटीका सचिव एवम् त्रिवि कीर्तिपूरको अङ्ग्रेजी विभागका उपप्राध्यापक केशव सिग्देलले समाजलाई उज्यालो देखाउने कविहरूलाई दुःखपर्दा सँगै छौँ भन्ने भावनासहित विपद्को अवस्थामा प्रेम र सद्भाव बाड्न खोजिएको बताउनुभयो । उहाँका अनुसार देशका भूकम्प प्रभावित सात जिल्लाका ३० जना कवि, साहित्यकारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।***

तपाईको प्रतिक्रिया