Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

जुम्ला- जिल्लाको चौधबीस भेकमा पर्ने ऋणमोक्ष उच्च माध्यमिक विद्यालका दुइ सयभन्दा बढी विद्यार्थीले यार्सागुम्वा टिप्न प्रधानाध्यापकसमक्ष सामुहिक निवेदन पेस गरेका छन् ।

निवेदनमा उनीहरूले ‘यार्सा टिप्न पाटन जान पाउँ’ भनेका छन् । निवेदन उद्धृत गर्दै उक्त उच्च माविका सहायक प्रधानाध्यापक जगतबहादुर शाहीले भन्नुभयो, “बर्सेनी करिब ६० प्रतिशत विद्यार्थी पाटनतर्फ जान्छन् सबैले निवेदन पनि दिँदैनन् ।”
एक बालीमात्र फल्ने जुम्लामा जीविकोपार्जनको अन्य वैकल्पिक माध्यम नभएकाले यार्सा टिप्न लेकतिर जानु यहाँका र्सवसाधारणको बाध्यता हो । कक्षा ४ माथिका विद्यार्थीले यार्सा टिप्न बिदा लिएका छन् । ***

तपाईको प्रतिक्रिया