Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ- एभिसी सेन्टर जोन सिनियर पुरुष भलिबल च्याम्पियनसीपमा नेपालले विजयी सुरुवात गरेको छ ।
नेपालले आफ्नो पहिलो खेलमा नौलो प्रतिद्वन्द्वी ताजिकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

ढाकास्थित सहिद सुर्वार्दी इन्डोर स्टेडियममा सोमबार भएको खेलमा नेपालले पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेटमा २२–२५ ले गुमाएको थियो । तर, त्यसपछिको दुई सेटमा नेपालले लगातार आफ्नो पक्षमा पारेको थियो ।
नेपालले ताजिकिस्तानविरुद्ध तेस्रो सेट २५–१८ र चौँथो तथा अन्तिम सेट २६–२४ को सङ्घर्षपूर्ण जित निकालेको हो । यस क्वालिफायर प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ ।
शीर्ष चार टोलीले फाइनल यात्रा गर्ने प्रतियोगिताको विजेतासहित उत्कृष्ट तीन टिमले अर्को चरणको प्रतियोगितामा स्थान बनाउने छन् ।***

तपाईको प्रतिक्रिया