Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

बेनी –  १६ घण्टासम्म थुनिएको कालीगण्डकी नदी पहिरोबाट ओभर फ्लो भएर बग्न थालेपछि बाढी आएको छ । आइतबार साँझ सबा ५ बजेबाट ओभर फ्लो भएर कालीगण्डकी बग्न थालेपछि किनार आसपासका बासिन्दा त्रसित छन् ।

म्याग्दीको राम्चे गाविस–९ फेदीमा चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती-२ स्थित बैंसेरीमा थुनिएको कालीगण्डकी खुलेपछि ठूलो बाढी आएको हो ।

नदी थुनिँदा घर छाडेर हिँडेका मानिस बाढी आएपछि झनै त्रसित भएका छन् । नदी थुनिएपछि स्थानीय प्रशासन र प्रहरीले माइकिङ गरेर खतराको सूचनासहित सचेत गराएका थिए ।

कालीगण्डकी आसपासका नौ जिल्लामा उच्च सतर्कतामा राखिएको थियो। प्रभावित हुने जिल्लामा म्याग्दी, पर्वत, बाग्लुङ, गुल्मी, तनहुँ, स्याङ्जा, पाल्पा, नवलपरासी, मुस्ताङ रहेका थिए।

नेपाल प्रहरीका अनुसार कालिगण्डकी थुनिदा १५० मिटर गहिराई, १ किमि लम्बाई र एक सय मिटर चौडाई भूभाग पानीले डुबेको थियो ।

नदी खुलाउनका लागि नेपाली सेना, प्रहरीसहितको टोली हेलिकोप्टरबाट घटनास्थलमा पुगेका थिए । तर लगातारको पहिरो र धुलोले सेनाको टोलीले काम थाल्न सकेको थिएन ।

राती एक बजे ठुलो चट्टानी पहाड खसेर कालिगण्डकी पूर्णरुपमा थुनिएको प्रहरी नायब उपरीक्षक हिरा गिरीले जानकारी दिएका थिए । बैंसरीमा ठुलो ताल बनाएको पहिरोले बैंसरी र फेदीका २६ घर पुरै पुरिएको छ ।

मध्यरातीदेखि कालीगण्डकी थुनिएपछि बाँध फुटेर बाढी आउन सक्ने खतरा बढेपछि बेनीबजार, गलेश्वरबजार, पर्वतको बगरफाँट, पर्वत बेनी लगायतका स्थानमा सर्वसाधारणले रातिदेखि नै बजार छाडेका छन् ।***

तपाईको प्रतिक्रिया