Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- ताजकिस्तानमा जारी चौध वर्षमुनिका खेलाडी सम्मिलित रिजनल फुटबल फेस्टिबलमा नेपालको राष्ट्रिय फुटबल टोलीले सोमबार अफगानिस्तानको समाना गर्ने भएको छ ।

शुक्रबारको उद्‍घाटन खेलमा पाकिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । “हामी भग्नावशेषबाट उठ्न सक्छौं, नेपालका लागि खेलौं” भन्ने नाराका साथ नेपाली टोली फेस्टिबलमा सहभागी भएको हो ।

प्रतियोगितामा सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा ताजकिस्तान, श्रीलङ्का, भारत र इरान छन् भने समूह ‘बी’ मा नेपालसहित पाकिस्तान र अगफानिस्तान छन् ।

तपाईको प्रतिक्रिया