Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

चितवन– सपना भिलेज सोसल ईम्प्याक्ट सौराहा चितवनले सिन्धुपाल्चोकका भूकम्पपीडित पत्रकारहरूलाई राहत वितरण गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा बिहान पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको संयोजनमा ६१ जना पत्रकारलाई राहत प्रदान गरिएको हो ।

सपना भिलेजले सिन्धुपाल्चोक घर भई सिन्धुपाल्चोक र काठमाडौंमा पत्रकारिता गर्दै आएका पीडित पत्रकारलाई राहत दिइएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए ।

पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टसहितको उपस्थितिमा पत्रकारलाई राहत वितरण गरिएको हो । केही पत्रकारले राहत पत्रकार महासंघको कार्यालय सञ्चारग्राममा बुझेका थिए । केहीले भने सिन्धुपाल्चोकमा राहत लिएको जनाइएको छ ।

सपना भिलेज सोसल ईम्प्याक्टका सञ्चालक सदस्यहरू सजनराम भण्डारी र अजितमान प्रधान तथा महासंघका अध्यक्ष विष्टले राहत वितरण गरेका थिए ।

उनीहरूलाईप्रति परिवार एक बोरा चामल, दाल, नुन, तेल, चिउरा, झुल र २ क्रेट अण्डा विरतण गरिएको छ । अण्डा उत्पादक संघ केन्द्रीय कार्यालयले अण्डा सहयोग गरेको भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया