Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

kali-gandaki-400x254बेनी –  म्याग्दी जिल्लाको राम्चे गाबिसमा गएराति हावाहुरीसंगै गएको पहिरोले कालीगण्डकी नदी थुनिएको छ ।

हावाहुरीसंगै आएको पहिरोका कारण आज बिहान २ बजेदेखि कालीगण्डकी थुनिएको म्याग्दीका प्रजिअ टेकबहादुर केसीले बताउनुभयो ।

राम्चेको काफलडाँडाबाट खसेको पहिरोले भगवती गाबिस २ नेर कालीगण्डकी पूर्णरुपमा थुनिएको हो ।

कालीगण्डकी थुनिएका कारण १ किलोमीटर लामो ताल बनेको छ । सदरमुकाम बेनीबजारबासीलाई सुरक्षित स्थानमा सारिएको प्रजिअ केसीले बताउनुभएको छ । अहिले बेनीबजार र आसपासका बस्ती सुनसान देखिएको छ ।

नदि थुनिएको स्थान सदरमुकाम बेनीबजार देखि ७ किलोमीटर टाढा रहेको स्थानीय पत्रकार सन्तोष गौतमले समुद्रपारिलाई जानकारी दिनुभएको छ ।  baisari-photo
म्याग्दीको भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैसरीमा कालीगण्डकी नदी थुनिएको हो । बिहान दुई बजे राम्चे गाविस ९ मा पर्ने काफलडाँडाको भिरको पहाडबाट खसेको पहिरोले कालीगण्डकी थुनिएको हो ।
करिब एक हजार पाँच सय मिटर माथिबाट पहाड भत्कीएर खसेको पहिरोले कालीगण्डकीलाई थुनेपछि तटीय क्षेत्रका बस्तीहरु जोखिममा परेका छन् । नदी थुनिएर ठूलो तलाउ बनेको र पानीको प्रवाह पुरै रोकीएको घटनास्थलमा पुगेका प्रहरी निरिक्षक बिमलकुमार उपाध्यायले बताउनुभयो ।
अध्याँरो भएकाले पानीको सतह कति बढेको छ भन्ने अनुमान गर्न सकिने अवस्था छैन् । पहिरो land-slideनियमित खसिरहेको छ । पानीको बहाव धेरै घटेको छ । बैसरी माथिका बस्तीहरुमा डुवान र तलको तटीय क्षेत्रमा बाढीको खतरा रहेकाले सुरक्षा निकायले सर्तकता अपनाउन तथा सुरक्षाको उपाय अपनाउन सूचना जारी गरेका छन् ।
बैसरी माथिका बेगखोला, तिप्ल्याङ, महभिर, भिरकाटे, पोखरेबगर, भुरुङ तातोपानी, दाना लगायतका ठाउँमा डुवानको खतरा रहेको छ । यसैगरी गलेश्वर, म्याग्दी बेनी, पर्वत बगर, पर्वत बेनी लगायत बागलुङ, पर्वत, स्याङ्जा लगायत कालीगण्डकीको तटीय क्षेत्रमा पर्ने बस्तीहरु जोखिममा रहेका छन् ।
सो स्थानमा शुक्रबारदेखि पहिरो खस्न थालेपछि बैसरी र राम्चे औलका २६ घरपरिवारलाई सुरक्षित स्थानमा सारीएको थियो । बेनी र आसपासका बासिन्दाहरु राती देखिनै सुरक्षित स्थानतर्फ लागेका छन् ।
नेपाली सेना र प्रहरीले पनि नदी किनारका घरका बासिन्दालाई सुरक्षित ठाउँमा जान अनुरोध गरेका छन् । बैशाख १२ गतेको भुकम्प र त्यसयताका पराकम्पनका कारण चर्कीएको पहाड भत्किएर पहिरो खसेको हो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी केसीले टेलिफोनमा समुद्रपारिलाई दिनुभएको पछिल्लो जानकारी अनुसार काफलडाँडाको चट्टानी पहिरो खस्नेक्रम अहिले पनि जारी छ । उहांले टेलिफ़िनमा भन्नुभयो – ‘करिव १०० मीटर भन्दा गहिरो ताल बनिसकेको छ । संभावित खतरालाई टार्न सम्बन्धित क्षेत्रका प्राविधिक तथा विज्ञहरुको टोली हेलिकोप्टरबाट घटनास्थलमा पुगिसकेको छ, उनीहरुको सल्लाहमा ताल फुटाउने बिषयमा हाम्रो पुरै ध्यान केन्द्रित भएको छ । समयमै पूर्व सतर्कता अपनाईएको कारण अहिलेसम्म कुनै मानवीय क्षती भएको छैन । सदरमुकाम बेनी बजारमा रहेका सरकारी कार्यालयहरु अब के गर्ने भन्ने बारेमा अझै केही सोंचिएको छैन । पछिल्लो स्थितिलाई हेर्दा ताल फुटाउन केही दिन लाग्ने देखिन्छ । डुबानमा पर्न सक्ने संभावित बस्तीका मानिसहरुलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ ।’

– काफलडांडांको ५ सय मिटरमाथिबाट पहिरोको ढिस्का खस्ने क्रम निरन्तर जारी
– सिन्धुपाल्चोकको पहिरो भन्दा अझ भयावह
– ताल बेगखोलासम्म पुग्यो
– संभावित खतरालाई टार्न गृहमन्त्रालयको बिपद ब्यवस्थापनका अधिकारीहरु, सम्बन्धित क्षेत्रका प्राविधिक तथा
विज्ञहरुको टोली हेलिकोप्टरबाट घटनास्थलमा
– ताल फ़ुटाउन कठिनाई देखिएको विज्ञहरुको भनाई
थप जानकारीका लागि हामीलाई हेर्दै गर्नुहोला नियमित अपडेटमै रहने छौं । —–

***

तपाईको प्रतिक्रिया