Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जटिल अभियोगमा कैद भुक्तान गरिरहेका कैदीलाई आममाफी दिन नमिल्ने बताउनुभएको छ ।

कारागारमा रहेका कैदीको जीवन रक्षाका लागि आममाफी दिनुपर्ने माग कैदीका परिवार तथा आफन्तजनले गरिरहेको अवस्थामा प्रवक्ता ढकालले महिला हिंसा, लागुपदार्थको कारोवारीलगायत १३ मुद्दाका कैदीलाई आममाफी दिन नसकिने स्पष्ट पार्नुभयो ।

बन्दीले आफ्नो जेल सजायको ५० प्रतिशत कैद भुक्तान गरिसकेको र आचरण राम्रो रहेको अवस्थामा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिन सक्ने प्रावधान भएपनि जटिल अभियोगका अपराधीलाई आममाफी दिन नमिल्ने उहाँले बताउनुभयो ।

उहाँले यही जेठ १५ गते गणतन्त्र दिवसका दिन केही कैदीलाई आममाफी दिने तयारीसमेत भइरहेको जानकारी दिनुभयो । खुल्ला कारागारको अवधारणा आएपनि त्यो अहिले व्यवहारिक नभएको समेत उहाँले बताउनुभयो ।

प्रवक्ता ढकालले नुवाकोटमा नयाँ कारागार निर्माण गर्ने र करिब ६ हजार कैदीलाई त्यहाँ स्थानान्तरण गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो । शनिबार यहाँ आयोजित कार्यक्रममा नेपालमा रहेका अधिकांश कारागार जीर्ण अवस्थामा रहेका र कैदीको ज्यान जोखिममा पर्ने भन्दै बन्दीलाई आममाफी दिनुपर्ने उनीहरुका आफन्तले माग गरे ।

कैदीबन्दी परिवारका तर्फबाट जीवन रायमाझीले नेपालमा राणाकालीन र केही पछि बनेका कारागार जीर्ण रहेका र क्षमताभन्दा बढी कैदी राखिनाले समस्या अझ जटिल भएको भन्दै उनीहरुको जीवन रक्षाका लागि भएपनि आममाफी दिनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा हाल ७४ कारागारमा १७ हजार ३०० कैदी छन् । वैशाख १२ को भूकम्पका कारण कारागार भवन भत्कँदा केन्द्रीय कारागारका १६ कैदीको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया