Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

मोरङ- मोरङको बेलबारी एक महिला छोरो नजन्माएको निहुँमा घरबाट निकालिएकी छिन् । बेलबारी घर भएकी २३ वर्षीया ललिता रायले छोरा नजन्माएको भन्दै घर निकाला गरेका हुन् ।

ललितालाई सासू, ससुरालगायत परिवारका अरु सदस्यको मिलेमतोमा छोरी जन्माएको भन्दै घरबाट निकाला गरेको पीडितको भनाइ छ । घरपरिवारले निकाले पछि उनी धनुषाको मझेलीया–१४ माइतीघरमा बस्दै आएको छ ।

विसं २०६८ मा बेलबारी–३ का ललन रायसँग उनको विवाह भएको थियो । उनकी श्रीमान् ललन वैदेशिक रोजगारका लागि मलेसिया गएको पीडितको भनाइ छ ।

तपाईको प्रतिक्रिया