Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

गोरखाबजार-१२ गते गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाविस-१ पोखरी गाउँको पूर्व र पश्चिम भएर बग्ने दुइवटा खोलामा पानी सुकेको छ ।
बारपाक र सौरपानीको सिमाना भएर बग्ने हर्स्याङ्खोला र सम्लेडाँडाबाट आउने खोला सुकेको स्थानीय बुधमाया गुरुङले बताउनुभयो ।

“हाम्रो गाउँमा ल्याएको खानेपानीको दुइटै मुहान सुकेको छ, अहिले गाउँका मान्छे पानी लिन सौरपानी गाविसको कुलगाउँतिर जान्छन् ।” कुलगाउँ पुग्न आधा घन्टा लाग्ने उहाँले बताउनुभयो । “गाउँमा पानी ल्याएको एउटा मुहान सम्लेडाँडामा छ । अर्को हर्स्याङ्खोलाको मुहानमा छ” उहाँले भन्नुभयो, “मुहान थुनिएको होला भनेर गाउँले सबै मिलेर मर्मत गर्न जाँदा दुवै मुहान टपक्कै सुकेको भेटियो ।” पोखरी गाउँमा १०० घरधुरीको बसोबास छ ।

बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पका कारण सबैघर भत्केर पूर्ण क्षति भएको छ । पोखरीगाउँका छ जनाको मृत्यु भएको थियो । “आफन्त गुम्यो, सम्पत्ति बाँकी रहेन” उहाँले भन्नुभयो, “दुःखमाथि दुःख थपियो । खानेपानीको मुहान सुक्यो ।” गाउँलेले यथाशीघ्र गाउँमा पानीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले खानेपानीको समस्या समाधान गर्ने प्रयास सुरु गरिएको बताउनुभयो । ***

तपाईको प्रतिक्रिया