Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले नेतृत्व गरेर श्रम शिविर सुरु गरेका छन् ।

सिन्धुपाल्चोकबाट पार्टीको ‘तत्कालिन राहत तथा पुनस्स्थापनाका लागि राष्ट्रिय श्रम अभियान’ सुरुवात गरे । अभियान अन्तर्गत एमाओवादीका करिव सय जना नेता कार्यकर्ताले भूकम्पले क्षतिग्रस्त साँगाचोक- ५ को जनजागृति उच्च माविको अस्थायी भवन बनाउनेछ ।

सिन्धुपाल्चोक- २ का एमाओवादी सभासद् अग्निप्रसाद सापकोटाका अनुसार १२ वटा कोठा भएको अस्थायी भवन बनाइनेछ । उक्त भवन कम्तिमा तीन वर्षका लागि हुने उनले बताए ।

जनजागृति मावि त्यहि हो, जहाँ सापकोटाले १३ वर्ष अध्यापन गराएका थिए ।

कार्यक्रममा दाहालले आफूलेजस्तै कांग्रेस, एमालेलगायतका ठूला दलले पनि अलग अलग ठाउँमा स्वयंसेवक परिचालन गरेर राजनीतिक दलप्रति आशा जगाएको बताए ।

तस्बिरहरुः समुद्रपारि डट कम

prachanda shram11 prachanda shram12 prachanda shram13 prachanda shram14 prachanda shram15

तपाईको प्रतिक्रिया