Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ- प्रथम दोहा अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका दिनेश श्रेष्ठ श्रीलङ्काका खेलाडीलाई पाखा लगाउँदै पदक नजिक पुगेका छन् ।

कतारको राजधानी दोहामा भएको सो प्रतियोगितामा नेपाली मुक्केबाज श्रेष्ठ ६० केजी तौल समूहमा श्रीलङ्काली खेलाडीलार्ई पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । श्रेष्ठले श्रीलङ्काली खेलाडीलाई अङ्कका आधारमा पराजित गरेको नेपाल बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

क्वाटरफाइनल चरणको खेलमा श्रेष्ठले मोरक्कोका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । सोही प्रतियोगितामा नेपालका अर्का मुक्केबाज विकास लामा भने श्रीलङ्काका खेलाडीसँग नै अङ्कका आधारमा पराजित भए । ***

तपाईको प्रतिक्रिया