Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालाले अहिले मुलुक निर्माणको समय भएको भन्दै सबैलाई एकजुट हुन आग्रह गर्नुभएको छ । शुक्रबार सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वसँग भूकम्पपीडितलाई दिइने राहत, पुनःस्थापना र पुनःनिर्माणका विषयमा छलफल गर्नेक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा भूकम्पपीडितका लागि राहत रकम संकलनलाई प्रभावकारी बनाउने, संकलित राहत रकम र सामग्री भूकम्पपीडित समक्ष पुर्याउने, भूकम्प प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनःनिर्माण सञ्चालन गर्न स्थापित पुनःस्थापना तथा पुनःनिर्माण कोषलाई प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको थियो ।

भेटमा सामाजिक क्षेत्रका अगुवाले गाउँ तहसम्म कुनै पनि गैरसरकारी निकायको संस्थागत संरचना नभएकाले राहत संकलन र वितरणमा सरकारी संयन्त्र नै प्रभावकारी हुने बताउनुभयो । उहाँहरुले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा को–को रहने र कसरी खर्च हुन्छ भन्ने जानकारी नभएकाले यसको सञ्चालक समितिमा निजी क्षेत्र र सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्व पनि समावेश गर्न उचित हुने सुझाव दिनुभयो ।

छलफलका क्रममा प्रधानमन्त्री कोइरालाले नेपाल सधैँ संघर्ष, तदर्थवाद र संक्रमणबाट गुज्रिनुपरेकाले हर क्षेत्रमा संस्थागत विकास हुन नपाएको उल्लेख गर्दै स्रोत साधन र पर्याप्त दक्ष जनशक्तिको अभावमा पनि नेपालमा भएको खोजी, उद्धार र राहतको विकसित मुलुकका प्रतिनिधिले समेत प्रशंसा गरेको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले विपत्तिबाट भएको विनाशको त्रासदीबाट नागरिकलाई सामान्य अवस्थामा ल्याउन, पुनःस्थापना र पुनःनिर्माणलाई व्यवस्थित ढङ्गले छिटो सम्पन्न गर्नुपर्ने अहिलेको आवस्यकता भएको औंल्याउनुभयो ।

छलफलमा सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले खोजी, उद्धार र राहतको चरण पार हुन लागेकाले अब हुने पुनःस्थापना तथा पुनःनिर्माणलाई सफल बनाउनका लागि राष्ट्रिय पुनःनिर्माण कोषलाई मजबुत र प्रभावकारी बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।

छलफलमा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, म्यागासेसे पुरस्कार विजेता महावीर पुन, नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया