Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – महानायक राजेश हमालले सरकारको विश्वास नभएको बताएका छन् । वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पीडित बनेका आम मानिसहरुको उद्दार तथा राहत वितरणमा सरकारको कुनै प्रभावकारी भूमिका नदेखिएका कारण हमालले सरकारमाथि सबैलाई शंका लागेका बताएका हुन् ।

Rajesh-Hamal-Marry-2014केही दिनअघि हमालसहित केही सेलिब्रेटीलाई नेपाल सरकारले बोलाएर प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा रकम जम्मा नभएको भन्दै सहयोगका लागि अपिल गरेको थियो । हमालले सरकारलाई वेनिफिट अफ डाउट दिन आग्रह गरेका हुन् ।

रकम प्रभावितसम्म पुग्ने एउटा मात्र आधार भनेकै सरकारी संयन्त्र भएको भन्दै उनले सरकारलाई उक्त कोषमा रकम गरेर हेर्न आग्रह गरेको छन् । उनले भने – सरकारको अब विश्वास लाग्न छोड्यो, यस्तो विपतमा समेत सरकारले अविश्वासिलो काम गरेको छ ।

हमालले एनजिओ र आइएनजिओमा रकम प्रदान गर्दा पनि त्यो रकम धेरै कटौती भएर प्रभावितसम्म पुग्ने बताएका छन् । ***

तपाईको प्रतिक्रिया