Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ- अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाल पत्रकार महासङ्घलाई एकसय त्रिपाल हस्तान्तरण गरेको छ ।
पत्रकार महासङ्घको कार्यालय सिनामङ्गलमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष तथा सभासद् गणेश थापा तथा कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टलाई संयुक्तरुपमा ती सामग्री प्रदान गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष थापाले देशमा विपत्ति आएका बेला सञ्चार क्षेत्रले महत्वपूर्ण  भुमिका खेलेको भन्दै पत्रकारको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले भूकम्पबाट करिब एक हजार पत्रकार प्रत्यक्ष प्रभावित भएकोमा २८ ले आफन्त गुमाएको र एक जना सञ्चारकर्मीको मृत्यु भएको जानकारी दिनुभयो । ***

तपाईको प्रतिक्रिया