Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपत्तिपछिको अवस्थामा राजनीति नभई पवित्र सेवाभावका साथ स्वयंसेवामा जुट्न पार्टी पंतिलाई निर्देशन दिनुभएको छ ।

विनाशकारी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि सञ्चालन गर्न लागेको राष्ट्रिय स्वयंसेवक परिचालन अभियानमा खटिने केन्द्रीय टोलीका लागि बिहिबार यहाँ आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले असाधारण सङ्कटग्रस्त अवस्थामा खास गरी अस्थायी आवास निर्माणका साथै त्रसित मानिसलाई सामान्य अवस्थामा फर्काउने काम गरिने बताउनुभयो ।

यही जेठ १० गतेदेखि एक महिनासम्म सञ्चालन हुने अभियानमा दश हजार स्वयंसेवक परिचालन हुनेछन् । अध्यक्ष ओलीले भन्नुभयो, “मुलुकमै स्वयंसेवाको अगुवाइ हाम्रो पार्टीले गर्नेछ, १० गतेपछि देशले थाहा पाउँछ एमाले के हो भन्ने ।” उहाँले देशभित्र र बाहिरबाट उपलब्ध सहयोग र वितरणको स्पष्ट लागत राख्न पनि आग्रह गर्नुभयो ।

छानामुनि जनतालाई ल्याइसकेपछि पुरातात्विक महत्वका धरोहर र बाटाघाटा निर्माणमा प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले जनतामा हामी बनाउन सक्ने रहेछौँ भन्ने मनोबल उठाउन अभियान सञ्चालन गरिएको हो भन्नुभयो । उहाँले भन्नुभयो, “विपत्तिको सामनाको कामलाई एमालेले निकै प्राथमिकता दिएको छ, हामीले जनताले हरेस नखाऊन् भनेर भूकम्प आएको भोलिपल्टै स्थायी कमिटीको बैठकबाट उद्धार, राहत र परिचालनका काममा जुट्ने निर्णय गरेका छौँ, अब पार्टीका अभियानले गति लिन थालेको छ ।”

उहाँले भन्नुभयो, “हामीले फेसबुकमा तस्बिर राख्नका लागि होइन जनतालाई सेवा दिने व्यापक भावना र सकारात्मक सन्देशका लागि काम गर्छांै , देखावटी होइन यथार्थका लागि गर्छांै ।”

कार्यक्रममा अध्यक्ष ओलीले स्वयम्सेवकका टोली प्रमुखलाई शपथ गराउँदे अभियान परिचालनसम्बन्धी निर्देशिका, आचारसंहिता र सन्दर्भ सामग्रीसहितको पुस्तिका पनि सार्वजनिक गर्नुभयो । एमालेको यही जेठ ३ गतेको स्थायी कमिटीको बैठकले सचिव गोकर्णराज विष्टको संयोजकत्वमा सो अभियान परिचालन समिति गठन गरेको थियो । पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले यो स्वयंसेवाले विश्वलाई नेपालीलाई कसरी आफ्नो मुलुक बनाउनेछन् भन्ने देखाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया