Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

महोत्तरी- महोत्तरीको पोखरभिन्डा गाविसमा एक महिलालाई बलात्कार गर्न खोजेका दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको खैरबन्नी गाविस– ३ बस्ने १८ वर्षीय अरुणकुमार यादव र १८ वर्षीय मिथलेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुवै युवकले गएराति पोखरभिन्डा– ९ बस्ने ती महिलाको घरमा पसी बलात्कार गर्न खोज्दा उनले कराएपछि घरका अन्य सदस्यले उनको उद्धार गरेको र दुवै युवकलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

उनीहरुमाथि जबर्जस्ती करणी उद्योग मुद्दा चलाउने तयारी गरिरहेको जानकारी उहाँले दिनुभयो ।

तपाईको प्रतिक्रिया