Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- भूकम्पपछिको नेपालको अवस्था तथा पुनः निर्माण एवम् राहतबारे आफ्ना नेपाली समकक्षीसँग छलफल गर्न चीनका परराष्ट्र सहायक मन्त्री लिउ जेनचाओ ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने भ्रमणमा बिहीबार नेपाल आउँदै हुनुहुन्छ ।

प्रतिनिधिमण्डलमा परराष्ट, वाणिज्य, राज्य प्रशासन तथा सांस्कृतिक सम्पदा, चीन भूकम्प प्रशासन तथा राष्ट्रिय जनसङ्ख्या एवम् परिवार नियोजन आयोगका अधिकारी रहनुभएको यहाँस्थित चिनिया दूतावासले जनाएको छ ।

प्रधानमन्त्री सुशील कोइराला, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग सहायक मन्त्री लिउले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उक्त दूतावासका अनुसार वैशाख २९ गतेको भूकम्पपछि पनि चीनले घोषणा गरेको १४ करोड युआन बराबरको राहत सामग्री काठमाडौँ ल्याउनेक्रम सुरु भएको छ । बुधबार नै विशेष विमानबाट ती सामग्री राजधानी ल्याइएको छ ।

त्यसैगरी चिनियाँ जनमुक्ति सेनाले प्रभावकारी एवम् सहज रुपमा उपचार सेवा उपलब्ध गराउन नेपाली सेनालाई २४ वटा घुम्ती अस्पताल उपकरणसहित प्रदान गरेको छ । ती उपकरण सञ्चालनमा नेपाली सेनालाई पोख्त बनाउन १७ सदस्यीय चिनियाँ टोलीले पाँचदिनसम्म प्रक्षिण दिनेछ ।

तपाईको प्रतिक्रिया