Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- भूकम्पपीडितको सहायतार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु तीन अर्ब ३९ करोड ८ लाख १६ हजार ८१० सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्वेदश तथा विदेशमा रहेका विभिन्न गैरनाफामूलक सामाजिक सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठान, समाजसेवी, विदेशस्थित नेपाली दूतावासबाट उक्त रकम सङ्कलन भएको हो ।

कोषमा बुधबारमात्र रु ३० करोड ३१ लाख ४९ हजार ४४ दाखिला भएको उक्त कार्यालयले जनाएको छ । कोषमा स्वदेशका साथै विश्वका विभिन्न मुलुकबाट रकम प्राप्त हुने क्रम जारी छ ।

तपाईको प्रतिक्रिया