Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आगामि जेठ १० गतेभित्रमा पुर्नबास र पुर्ननिर्माणको लािग यूवा परिचालन सम्बन्धी कार्यविधी बनाएर एक लाख यूवा परिचालन गर्ने तयारी भईरहेको जानकारी दिनुभएको छ ।

राजधानीमा आयोजित साक्षात्कारमा उहाँले युवा परिचालन सम्बन्धी कार्यविधी अनुमोदनको लागि मन्त्री परिषदमा प्रस्तुत भईसकेको बताउँदै त्यो पारित हुने वित्तिकै कार्यान्वयनमा लाने बताउनुभयो ।

साक्षात्कारमा मन्त्री पौडेलले अहिले नेपाल स्काउट, खेलकुद सम्बन्धी संघ सस्था र सञ्जालबाट ५ देखि ७ हजार यूवा परिचालन भईरहेको र कार्यविधी पारित भए दलमा आवद्ध यूवा कार्यकर्ता र संघ सस्थामा रहेका यूवाहरुलाई समन्वय गरेर एक लाखसम्म यूवा परिचालन गर्ने योजना अगाडि सारेको जानकारी दिनुभयो ।

उहाँले कार्यविधीसँगै दश वर्षे युथ भिजन पनि मन्त्री परिषद्मा रहेकोले तत्काल अनुमोदन हुनु पर्ने भन्दै देश निर्माणको लागि स्थायी रुपमै युवा परिचालन गर्न बनाईएको युवा परिषद् ऐन संसदमा रहेको बताउनुभयो ।

यूवा एजेण्डा, राष्ट्र निर्माणमा यूवा परिचालन अहिलेसम्म हुन नसकेको भन्दै राष्ट्रिय यूवा नीति अनुसार भुकम्पबाट भएको क्षतिलाई पूर्ति गर्न अहिले यूवाको भूमिका आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले पुर्नबास र पुर्ननिर्माणको लागि खेलकुद सम्बद्ध संघ सस्थानहरुले समेत एउटा गाँउ पुर्न निर्माण गर्ने योजना बनाईरहेको जानकारी दिए स्वदेशी सहित विदेशी यूवाहरु पनि पुर्ननिर्माणमा लाग्न ईच्छुक रहेकोले उनीहरुलाई पनि अवसर दिनु पर्ने आवश्यकता मन्त्री पौडेलले औल्याउनुभयो ।

तपाईको प्रतिक्रिया