Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

विराटनगर- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय सहमतिको सरकार अवश्यंभावी रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार बिहान सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले राष्ट्रिय सहमतिको सरकारका लागि दलबीच सैद्धान्तिक सहमति भइसकेको स्पष्ट पारे।

सरकारको नेतृत्वको विषयमा कुनै विवाद नरहेको उल्लेख गर्दै उनले चाडै नै राष्ट्रिय सरकार गठन हुने विश्वास व्यक्त गरे ।

उनले सहमतिकै सरकारको माध्यमबाट सहमतिमा संविधान निर्माण हुने र स्थानीय निकायको निर्वाचन समेत हुने उल्लेख गरे ।

विनाशकारी भूकम्पका कारण राष्ट्र विपत्तिमा रहेको अवस्थामा सबैलाई ऐक्यबद्ध भई राष्ट्र निर्माणको कार्यमा जुट्नुपर्ने आजको आवश्यकता रहेको बिचार पनि उनले प्रकट गरे ।

तपाईको प्रतिक्रिया