Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- एक साताअघि भूकम्प पीडितको उद्दारका लागि खटिएको अमेरिकी हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सैनिकको नाम सार्वजनिक गरिएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले दुर्घटना भएको झण्डै एक हप्तापछि मंगलबार दुर्घटनामा परी मृत्यु भएका नेपाली तथा अमेरिकी सैनिकको नाम सार्वजनिक गरेको हो । हेलिकप्टरमा २ नेपाली सहित ८ जना अमेरिकी सैनिक सवार थिए ।

उद्धार तथा राहत ढुवानीको निमित्त खट्टिएको यूस मेरिन क्रोपको यू एच वन वाई ह्यूई अमेरिकी हेलिकप्टर सिन्धुपाल्चोक जिल्लाको घोर्थलीको डाँडाँमा दुर्घटनाग्रस्त भएको थियो ।

हेलिकप्टर दुर्घटनामा दैलेखका स्थानीय बासिन्दा तथा नेपाली सेनाका सह-सेनानी तपेन्द्र बहादुर रावल र दार्चुलाका स्थानीय बासिन्दा तथा युद्धभैरव गणमा कार्यरत जमदार बसन्त तितराको मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया