Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

कार्यक्रमको सम्पूर्ण तयारी पुरा : आयोजक

दुबई – चर्चित नेपाली सांगीतिक ब्याण्ड नेपथ्य दुबईमा ‘नेपथ्य लाइव कन्सर्ट’मा प्रस्तुत हुने भएको छ । आगामी मे २१ तारिख करामाको अल नासर लेजरल्याण्ड क्लबमा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

IMG_2888कार्यक्रम भूकम्पपीडितहरुको सहयोगार्थ राहत संकलनमा केन्द्रित रहने आयोजक मध्येका एक जस पाइजाले पत्रकार सम्मेलनमा बताएका छन् । कार्यक्रम साँझ ८ बजेदखि ११ बजेसम्म हुनेछ । तिन हजार बढी दर्शक क्षमता भएको क्लबलाई तताउन नेपालबाट नेपथ्यका मुख्य गायक अमृत गुरुङसँगै धुर्ब लामा, किरण श्रेष्ठ, निरज गुरुङ, प्रदिप खनाल, शान्ति बहादुर राइ, सुबिन शाक्य, सुदिप बिस्ट, सुरज कुमार थापा लगायतको टालिी दुबईमा आइसकेका छन् ।

आयोजकको तर्फबाट देशमा पटकपटक आउदै गरेको विनाशकारी भूकम्पका कारण भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दै आयोजकले भूकम्प पिडितको सहयोगार्थ भनेर पिडितको नाम उचारण गरि सकिएको हुनाले कार्यक्रम मूनाफा भए सम्पूर्ण मुनाफा एबम मुनाफा नभए पनि महाभूकम्प पिडितलाई सहयोग गरिने प्रतिबद्धता जनाएका छन् ।

IMG_2876कार्यक्रममा आयोजकले नेपथ्य लाईब कन्सटको लागि युएइको सम्पूर्ण प्रमुख शहरबाट निशुल्क यातायातको ब्याबस्थापन गरिएको समेत जनाएको थियो ्र युएईमा क्रियासिल सामाजिक संस्थाहरु, जातिय संस्थाहरु, राजनितिक दलका भातृ संगठनहरु, बुद्धिजिवि, समाजसेवी तथा पत्रकारहरु सबैलाई सहयोगी भूमीका खेलिदिन आवहान गरेका थिए ।

सकारात्मक सोचेर गरिएको सबै काम सफल हुने बताउदै गायक अमृत गुरुङले मे २१ को सामाजिक भावनाले गरिएको कार्यक्रम सफलताको शुभकामना दिएका थिए । नेपथ्य लाइव कन्सर्ट दुबाईका आयोजक राजन अधिकारीको सभापतित्वमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेपथ्यका प्रमुख अमृत गुरुङ तथा नेपालयका कृष्ण श्रेष्ठ, एनआरएन आइसीसी सदस्य मोहन शर्मा, नेपाल विजनेस काउन्सिल सचिब दिपकराज पौडेल लगाएत युएइका स्थानीय संचारकर्मी एबम समाजसेवीहरुको उपस्तिथी रहेको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष अर्जुन दाहालको प्रमुख आतिथ्य, कृष्ण न्यौपानेको स्वागत त्रिलोचन कोइरालाको संचालनमा सम्पन्न भएको थियो । ***

IMG_2904

तपाईको प्रतिक्रिया