Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- कृषि विकास मन्त्रालयले नयाँ आर्थिक वर्षका लागि मन्त्रालयले तय गरेको नियमित कार्यक्रम र बजेट कटौती गरिए खाद्य संकट निम्तने चेतावनी दिएको छ ।

मन्त्रालयका सचिव उत्तम भट्टराईले मन्त्रालयका लागि विनियोजन गरिने बजेटमध्ये ४० प्रतिशत पूर्वाधारमा खर्च गर्नुपर्ने कुरा आइरहेको भन्दै कृषिको नियमित कार्यक्रम कटौती गरिए आगामी दिनमा खाद्य संकट आउने चेतावनी दिए ।

आगामी वर्षका लागि मन्त्रालयले २८ अर्ब रुपैयाँ बजेट माग गरेको छ ।

उनले तराई क्षेत्रमा भूकम्पको असर नपरेकाले आगामी वर्ष कृषि क्षेत्रको योगदानमा खासै असर नपर्ने पनि बताए ।

सरकारसँग अनुदानको मल र ४ सय ५० मेट्रिकटन बढी बीउ रहेको भन्दै उनले छिट्टै सहुलियतपूर्ण दरमा कृषकलाई बिक्री-वितरण गर्ने तयारी गरिरहेको जानकारी पनि दिए ।

भूकम्पका कारण कृषि क्षेत्रमा मात्रै १० अर्बभन्दा वढी क्षति भएको सचिव भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया