Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- पूर्वमिस नेपाल श्रृष्टि श्रेष्ठ बलिउडको एक चर्चित गीतमा देखिएकी छन् ।

बलिउडमा केही समय भविष्य खोजेकी श्रृष्टिले यसै करिब एक वर्ष अगाडी रिलिज भएको सन्नी लियोनीको फिल्म ‘ज्याकपट’को ‘कभि जो बादल बर्षे….’ बोलको गीतको अनप्लगड संस्करणको भिडियो अभिनय गरेकी रहेछिन्।

उनले अभिनय गरेको सो भिडियोलाई टिसिरिजले आफ्नो यूट्यूव च्यानलमार्फत मङ्गलबार रिलिज गरेको छ। गीतमा उनले सो फिल्मका लिड कलाकार सचिन जोशीसँग रोमान्स गरेकी छन्। उक्त गीत एकै दिन एक लाखभन्दा बढीले हेरेका छन् ।

तपाईको प्रतिक्रिया