Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- भूकम्पपीडितका लागि निःशुल्क घर निर्माणको घोषणा गरेका दाताले समेत सरकारले उपलब्ध गराएको डिजाइनअनुसार मात्रै घर निर्माण गर्नु पर्ने भएपछि सबै घर सरकारी डिजाइनमा बन्ने भएको छ ।
दिगो विकास योजनासहित सरकारले भूकम्पप्रतिरोधी तथा वातानूकल विभिन्न डिजाइनका घरका मोडल उपलब्ध गराउने बताइएको छ । ‘लामो समयसम्म टिकाउ हुने तथा हाम्रो माटो अनुसारको घरका डिजाइन सरकारले उपलब्ध गराउँछ, दाताले सरकारले उपलब्ध गराएको त्यही डिजाइन अनुसार घर बनाउनुपर्नेछ, ।’ पराराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भन्नुभयो- सरकारले उपलब्ध गराएको डिजाइन र तोकिएको स्थानभन्दा बाहिर घर बनाउन सरकारले पूर्ण रोक लगाउँछ ।’ उहांका अनुसार सरकारले त्यसका लागि राष्ट्रिय योजना आयोगलाई घरका डिजाइन उपलब्ध गराउन आग्रह गरिसकेको छ । अल्पकालीन योजनाअनुसार निर्माण हुनेको हकमा भने सरकारले उपलब्ध गराउने घरका डिजाइनको स्वीकृति लिनुपर्ने बाध्यता छैन ।
गैरआवासीय नेपाली संघ, चौधरी ग्रुपजस्ता घरानिया व्यापारिक समूह, विभिन्न राष्ट्र र सामाजिक संघसंस्थासहित अन्य व्यक्तिले भूकम्पपीडितका लागि निःशुल्क घर बनाउने घोषणा गरिसकेका छन् ।
सरकारको समानान्तर व्यवहार झल्कने गरी घर निर्माण गर्न दातालाई अनुमति भने कुनै पनि हालतमा दिइने छैन । वैशाख १२ गते गोरखा, बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले भएको धेरै धनजनको क्षतिबाट पाठ सिक्दै सरकारले नयाँ योजना र नीति बनाएर पुनर्निर्माण र नवनिर्माणमा जाने तयारी गरेको हो । यो निर्णय पुनर्निर्माण र नवनिर्माणको हकमा मात्रै लागु हुने मन्त्री पाण्डेको भनाइ छ । पुनर्निमार्णका हकमा राष्ट्रिय योजना आयोगले दीर्घकालीन लक्ष्यअनुरूप भवन निर्माण नीतिसहित जमिनको वर्गीकरण गर्ने काम पनि सँगसँगै गरिरहेको छ । विज्ञहरूको सल्लाहमा मुलुकका जमिनलाई वर्गीकरण गरी घर निर्माण गर्ने योजनामा सरकार लागेको हो ।

तपाईको प्रतिक्रिया