Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

प्रधानमन्त्री सुशील कोइरालाले राहत वितरणमा पूर्वाग्रही नबन्न आग्रह गर्नु भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडितलाई सहयोग रकम हस्तान्तरण गर्न पुगेका विभिन्न संघसंस्थाका प्रतिनिधिसँग कुराकानी गर्ने क्रममा यस्तो बताउनु भएको हो । प्रधानमन्त्री कोइरालाले स्वदेश र विदेशबाट दुःखले संकलन गरिएको रकम दूरुपयोग हुन नपाओस् भन्नेमा सरकार सजग रहेको पनि प्रतिबद्धता जनाउनु भयो ।

उहांले राहत रकम र सामग्री हिनामिना भएको, वितरणमा पक्षपात भएको र मुलुक विपत्तिमा रहेको बेलामा अत्यावश्यक सामानहरुको कृतिम अभाव सिर्जना गर्ने, अधिक मूल्य लिने जस्ता घटना भएमा तुरुन्त सरकारी निकायमा खबर गर्न आग्रह गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीले मुलुकमा विपत्ति आएको बेलामा आफ्नो गाँस काटेर पीडितलाई सघाउने परोपकारी संस्कार नेपालीमा विद्यमान रहेको बताउनु भयो । सो अबसरमा नेपाल वायुसोवा निगमकातर्फबाट कामु महाप्रवन्धक किरण क्षेत्रीले ४७ लाख ९६ हजार ९ सय ७३ रुपैंयाको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभयो । यसैगरी राष्ट्रिय प्रकृति संरक्षण कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दश लाख रुपैंया सहयोग गरेको छ । यसैगरी अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सात लाख ५ हजार रुपैंया सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया