Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

डडेलधुरा- डडेल्धुराको गैरानजिकै सोमबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ भने ३५ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट दार्चुलातर्फ गइरहेको ना५ख १६८५ नम्बरको यात्रुवाहक बस भीमदत्त राजमार्गको गैरानजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी डडेलधुराको जोगबुढाका १८ वर्षीया रेखा धामी, गांखेत–८ का ६१ वर्षीय डम्बर विक, अमरगढी–१ का जगन्नाथ तमोलीको मृत्यु भएको छ ।

त्यसैगरी बैतडीको श्रृकोट–१ का ३६ वर्षीय महादेव भट्ट, १३ वर्षीय निरज जोशी, दार्चला अपी–६ की ६५ वर्षीया परुली धामीको मृत्यु भएको छ । बाँकी मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

घाइतेमध्ये ११ जनालाई भारतको बरेली र हल्द्वानी सिफारिस गरिएको छ भने अन्यको कैलालीस्थित सेवा र पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक योगेन्द्र थापाले बताउनुभयो । बस विपरीत दिशाबाट आइरहेको से१ख ७५३ नम्बरको मिनी ट्रकसँग ठोक्किँदा सो दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया