Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ- वैशाख १२ गतेको विनाशकारी भूकम्पमा ८ हजार ४ सय ५८ जनाको मृत्यु भएको छ भने १८ हजार ५०५ जना घाइते भएका छन् ।

नेपाल प्रहरीका छ, नेपाली सेनाका नौ, सशस्त्र प्रहरी बलका एक, निजामती सेवाका ११ र विदेशी ७९ तथा घाइते भएकामा नेपाल प्रहरीका १४०, सशस्त्र प्रहरी बलका २१ र विदेशी पर्यटक ५० जना रहेको प्रहरी समाचार कक्षले जनाएको छ ।

भूकम्पबाट ज्यान गुमाउनेमा काठमाडौँ उपत्यकामा एक हजार सात सय १३, पूर्वक्षेत्रमा ५३, मध्यक्षेत्रमा छ हजार दुई सय ५३, पश्चिम क्षेत्रमा चार सय ३७ र मध्यपश्चिम क्षेत्रमा दुई छन् ।

घाइते हुनेमा उपत्यकामा १० हजार आठ सय २२, पूर्वक्षेत्रमा ती सय २५, मध्यक्षेत्रमा हजार एक सय ३४, पश्चिम क्षेत्रमा एक हजार दुई सय, मध्यपश्चिम क्षेत्रमा २२ र सुदूरपश्चिम क्षेत्रमा दुई छन् । यसैगरी हालसम्म नेपाली नागरिक २५२ र विदेशी नागरिक १११ जना बेपत्ता भएका छन् ।

गत वैशाख २९ गते आएको पराकम्पनमा परी एक सय ४९ जनाको ज्यान गुमेको तथा तीन हजार २१५ जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया