Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

भक्तपुर- उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ र ११ को परीक्षा यही जेठ २० र आगामी असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

परिषद्ले भूकम्पका कारण स्थगित कक्षा ११ र १२ को परीक्षाको तालिका आज सार्वजनिक गरेको हो । यसअघि कक्षा १२ को गत वैशाख २० र ११ को यही जेठ १ गतेदेखि हुने भएको थियो तर गत वैशाख १२ गतेको भूकम्पका कारण परीक्षा स्थगन गरिएको थियो । परीक्षा भने यसअघि सार्वजनिक भएको तालिकामा उल्लेख भएअनुसार नै क्रमैसँग विषय राखिएको परिषद्का सदस्यसचिव नारायण कोइरालाले जानकारी दिनुभयो ।

परिषद्ले आज प्रकाशन गरेको तालिकामा ६८ जिल्लाको परीक्षा तालिका सार्वजनिक गरिएको छ । भूकम्पले धेरै क्षति पुर्‍याएका गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाको परीक्षा सञ्चालन गर्नेबारे भने अझै निर्णय हुन हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया