Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– राष्ट्रिय सहमतिको सरकार गठनबारे प्रमुख दलहरुबीच द्वि–पक्षीय र बहुपक्षीय छलफलहरु भएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा सैद्धान्तिक सहमति भएपछि दलहरुको अनौपचारिक छलफलले तीव्रता पाएको हो ।

राष्ट्रिय सहमतिको सरकार गठनका लागि सैद्धान्तिक सहमति भएअनुसार अन्य दलसँग पनि सहमतिका लागि कांग्रेस र एमालेले वार्ता गर्नेछन् । एमाले उपाध्यक्ष भीमबहादुर रावलले राष्ट्रिय सहमतिको सरकारबारे दुई दलबीच परामर्श भएको जानकारी दिनुभयो ।

यसअघि पनि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच वार्ता भएको थियो ।

राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि विभिन्न चरणमा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल, एमाओवादी अध्यक्ष दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराई अनौपचारिक वार्तामा भैरहेको नेताहरुले बताएका छन् ।

नेताहरू आआफ्नो नेतृत्वका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरूसँग पनि अनौपचारिक वार्तामा छन् । सरकार गठन प्रक्रिया, आधार र त्यसको कार्यविधि लगायतका धेरै विषय निष्कर्षमा र्पुयाउनुपर्ने भएकाले अहिल्यै वर्तमान प्रधानमन्त्रीको पदीय अवस्थाबारे प्रश्न नगर्न एमालेका एक नेताले आग्रह गरे ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले राष्ट्रिय सरकार गठनका विषयमा कुनै निष्कर्षमा नपुगिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया