Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

भैरहवा– केही समयदेखि नेपालको तराईमा सशस्त्र संघर्ष गर्दै आएका तराई मधेशी टाइगर्स समूहका नेताले ठूलो परिमाणको हतियारसहित सोमबार भैरहवामा आत्मसमर्पण गरेका छन् ।

राजनीतिक सम्वाद समितिसँगको वार्ताबमोजिम भएको ४ बुँदे सम्झौता अनुसार समूहका नेताहरुले पत्रकार, प्रहरी प्रशासन र वार्ता टोलीका सदस्यको रोहबरमा हतियार बुझाएर अब शान्तिपूर्णढंगले मुलधारको राजनीति गर्ने प्रतिवद्धता जनाएका छन् ।

टाईगर्सले टिफिन बम ४१ थान, डब्बा बम ४० थान, मोवाइल बम २, कुकर बम २, पेस्तोल १० र सोको गोली १५, सकेट बम १६, र सिक्सर १ थान बुझाएको छ । यसपूर्व पहिलो चरणमा पुस २० गते २८ थान हतियार बुझाएको पार्टीका वार्ता समिति संयोजक जयप्रकाश यादवले बताए ।

प्रहरीको मोस्ट वान्टेडको सूचीमा परेका टाईगर्स समूहका २४ जनाबढी कार्यकर्ताहरु हतियार बुझाउन जिल्ला प्रहरी कार्यालयमा आएका थिए । टाईगर्स समूहले प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी, लुम्विनी अञ्चल प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकाल, सरकारकोतर्फबाट वार्ता समिति सदस्य एवम् सभासद सर्वेन्द्रनाथ शुक्लाको रोहोवरमा समूहले उक्त हतियार बुझाएको हो ।

हतियार बुझाएर शान्तिपूर्ण राजनीतिको मुलधारमा आउने प्रतिवद्धता गरेकाले मुद्धा फिर्ता गरि थुनामा रहेकाहरु छुटाउन पहल गरिने सदस्य एवं सभासद शुक्लाले आश्वासन दिए । मधेश समुदायको वृहतर हितका लागि लडाई गर्ने क्रममा समूहका ११ जनाको ज्यान गएर सहिद बनेको र २७ जना गिरफतारमा परेको पार्टीका वार्ता समिती संयोजक जयप्रकाश यादवले बताए ।

नेपाल सरकार सम्वाद समिति र समूहबीच गत मंसिर २६ गते भएको वार्ताको ४ वुदे संझौताअनुसार पहिलो चरणमा पुस २० गते २८ थान हतियार बुझाएको थियो ।

तपाईको प्रतिक्रिया