Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– नेपाली कांग्रेसले भूकम्पका कारण घर भत्किएर विचल्लीमा परेका जनतालाई सहयोग गर्न ‘हाम्रो श्रमदान अभियान’ सुरु गर्ने भएको छ ।

अभियान सम्बन्धमा जानकारी गराउने उद्देश्यले नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपसभापति एवम् पार्टीद्वारा गठित भूकम्प प्रकोप समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले पार्टीका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाका कार्यकर्तालाई आफ्ना गाउँ, टोल छिमेक र वरपर जहाँ सम्भव हुन्छ कम्तीमा सात दिन श्रमदान गरी पीडित परिवारको मद्दतमा उत्रन आह्वान गर्नुभयो ।

भूकम्पबाट प्रभावित नभएका वा कम प्रभावित भएका जिल्लाका पार्टी एवम् भ्रातृ तथा शुभेच्छुक संस्थाका कार्यकर्तालाई आ–आफ्नो ठाउँमा राहत सङ्कलन गर्न तथा दक्ष–अर्धदक्ष जनशक्तिसहित प्रभावित ठाउँमा पुगी घर, टहरा एवम् अस्थायी शिविर निर्माणका लागि प्राविधिक सरसल्लाहअनुरुप सहयोगका लागि क्रियाशील बन्न पनि उहाँले आग्रह गर्नुभयो । त्यसका लागि आफ्नो जिल्ला र जाने जिल्लाका सम्बन्धित निकायसँग समन्वय गर्न पार्टीले निर्दे्शित गरेको पौडेलले भनाइ छ ।

राहत वितरण तथा विपद् व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच राम्रो समन्वय नदेखिएको चर्चा गर्दै संयोजक पौडेलले यस्ता विपत्तिको सामना गर्न अधिकार सम्पन्न विपद् व्यवस्थापन प्राधिकरणको आवश्यकता रहेको औँल्याउनुभयो ।

पत्रकारले राष्ट्रिय सहमतिको सरकार सम्बन्धमा राखेको जिज्ञासामा पौडेलले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने हो भने संविधान जारी गर्ने, स्थानीय निकायको निर्वाचन तथा नव नेपालको निर्माणका लागि दलहरुबीच पूर्व प्रतिबद्धता आवश्यक हुनेमा जोड दिनुभयो । उहाँले पार्टीका सबै तहका अधिवेशनका लागि एक–एक दिन मिति तोकी सम्पन्न गराउन सकिने चर्चा गर्दै महाधिवेशन निर्धा्रित समयमा हुने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया