Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

पोखरा – पोखरामा शुक्रबार बेलुकी सम्पन्न ‘परिचय नाईट’ फेशन शोमा एक मोडलले लगाएको पहिरन अहिले विवादमा परेको छ । काजिपोखराकी सिमा पाण्डेले लगाएको चन्द्र र सूर्य अंकित वन पिस पहिरनका कारण यत्तिबेला फेसबुकमा उनको व्यापक विरोध भएको छ ।

मिस एसएलसीको फस्ट रनरअप उपाधी समेत चुम्न सफल सिमाले लगाएको वन पिस पहिरनको डिजाइनमा चन्द्र र सूर्य प्रयोग गरिएको छ । मोडलको कम्मर मुनिको भाग छोप्नका लागि चन्द्र र सूर्यको प्रयोग गरिएको भन्दै फेसबुकमा उनको आलोचना भएको हो ।

यत्तिबेला फेसबुकका भित्तामा उनको उक्त तस्बिर राखेर नेपालको राष्ट्रिय झण्डाको बेइज्जत गरिएको भन्दै आक्रोस पोखिएको छ । आफुले लगाएको पहिरनका कारण आलोचित बन्न पुगेकी सिमाले भने यस बारे कुनै प्रतिक्रिया दिएकी छैनन् ।

simaउता आयोजकले भने सिमाको पहिरनको देशव्यापी विरोध भएपछि माफी मागेको छ । ‘सुरु अर्कै डिजाइन देखाइयो । तर, र्‍यापमा आएपछि मोडलको पहिरन फरक देखियो ।’ आयोजक मध्येकी एक श्रृती गुरुङले भनिन्, ‘गल्ती भयो । माफी दिनुहोस् ।’

आयोजकका अनुसार सिमाले लगाएको पहिरन डिजाइनर मोहन खड्काले गरेका हुन् । तर उनको डिजाइन विवाद आएपछि उनी मोबाइल अफ गरेर सम्पर्क बाहिर छन् ।

ईन्टरनेशनल फेशन कलेज (आईएफसी)ले आयोजना गरेको यस शोको सम्पूर्ण फाइदा भूकम्पपीडितका लागि खर्च गर्ने संस्थाकी प्रबन्ध निर्देशक सरस्वती गुरुङले बताईन् ।***

तस्विर : नेपालीपन

तपाईको प्रतिक्रिया