Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– सरकारले नयाँ भवन निर्माणका लागि नक्सा पासमा रोक लगाएको छ । नक्सा पास गरेर निर्माणको तयारी थालेकालाई पनि तत्काल रोक्न सरकारले निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आगामी असार मसान्तसम्म नक्सा पास नगर्न र पास गरेर भवन निर्माणको तयारी थालेकालाई पनि रोक्न सबै नगरपालिका र जिविसहरुमा परिपत्र गरेको हो ।

मन्त्रालयका अनुसार अहिलेको नीति पुनरावलोकन गरी नयाँ नीति अपनाउनुपर्ने देखिएकाले केही समयका लागि रोक लगाउने तयारी भएको हो ।

प्रक्रियामा रहेका नक्सापासका निवेदनलाई पनि अघि नबढाउन मन्त्रालयले परिपत्र गरेको छ । मन्त्रालयले नक्सापास गरी निर्माण थालिसकेका घरलाई २ तलाभन्दा बढी बनाउन नदिन आफू मातहतका कार्यालयलाई निर्देशन दिएको छ । तर हाललाई सो निर्माण कार्य रोक्न निर्देशन दिइएको मन्त्रालयका प्रवत्ता पूर्णचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया