Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- २०७२ वैशाख १२ गते गएको महाभूकम्पमा जीवन गुमाउन पुगेका नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद तथा खेल पत्रकार सुमन भोम्जनप्रति नेपाल पत्रकार महासंघले आज शोकसभाको आयोजना गरी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्‍यो ।

महासंघ केन्द्रीय कार्यालय संचारग्रामको प्राङ्गणमा आयोजित शोकसभामा महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले स्वर्गीय पत्रकार भोम्जनले नेपाली पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्र्दै उनको स्मृतिलाई ताजा बनाइरहन र परिवारलाई आर्थिक तथा अन्य हरतरहको सहयोग गर्न महासंघ प्रतिबद्ध रहेको बताए ।

महासंघ केन्द्रीय सदस्य प्रकाश तिमल्सेना र खेलकुद पत्रकार मञ्चका अध्यक्ष अजय फुयालले स्वर्गीय पत्रकार भोम्जनको ब्यक्तित्व र खेल पत्रकारिता जीवनका साथै उद्धारका विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा महासंघका उपाध्यक्ष, महासचिब, सचिब, कोषाध्यक्ष तथा, केन्द्रीय सदस्यहरूका साथै प्रेस युनियन र क्रान्तिकारी पत्रकार संघका अध्यक्ष, प्रेस चौतारीका महासचिव, बानका अध्यक्षका साथै पत्रकारिता क्षेत्रका विभिन्न संस्था र पत्रकारहरूले श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया