Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – गोर्खा मनकामनाको सामान्य परिवारमा जन्मिएकी लोक गायिका मुना थापा मगर वैशाख १२ गते आएको महाभूकम्पका कारण बिक्षिप्त भएकी छिन् । आफ्नो फ्यान र श्रोताहरुको अधिक माया पाएकी उनी यत्तिबेला आफ्नो पीडालाई लुकाउँदै भूकम्पपीडितहरुको आँशु पुछ्नका लागि तल्लीन छिन् ।

muna-help (1)मुना भन्छिन्,’म यहाँसम्म आउनु मेरा दर्शक श्रोताहरुकै मायाको कारण हो, त्यसैले यो विपत्तमा मेरा भगवानहरुसँग पीडा साट्न चाहन्छु । आफुले सक्दो राहत दिएर उहाँहरुको आँशु पुछ्न चाहन्छु ।’

गोरखा केन्द्रविन्दु भएर गएको उक्त भूकम्पका कारण त्यस क्षेत्रका मानिसहरु अझै पनि गास, बास र कपासबाट बञ्चित भैरहेका छन् । धेरै घरहरु भत्किएका छन्, भएका अन्न सामाग्रीहरु माटोसँग मिसिएका छन् । बालबच्चादेखि बुढापाकाहरु राहतको आशामा मलिलो अनुहार लिएर बाटो हेर्दै छन् ।

यसअघि गोरखाको मनकामनाका भूकम्पपीडितका लागि राहत सामाग्री लिएर पुगेकी गायिका मुना शुक्रबार गोरखाको बासकोट, घैरुङ गाविसबासीसँग पीडा साट्न पुगिन् । एक्टिभ सोसल सर्कल अफ नेपाल (एस्कोन)सँगको सहकार्यमा उनी खाद्यान्न सामाग्री चामल, नुन, तेल, दाल र पानी लिएर गोरखाको विकट गाउँ बासकोट पुगेकी हुन् ।

muna-help (2)मुनाका अनुसार सपोर्ट सोसाईटीका अध्यक्ष रामाराम श्रेष्ठ र स्थानिय अन्नपूर्ण युवा क्लवको आयोजनामा घैरुङ गाविसका १ सय २० घरका ६५० जना भूकम्पपीडितहरुलाई उनले राहत सामाग्री प्रदान गरेकी हुन् ।

मुनालाई राहत सामाग्री जुटाउन र बाड्नमा देश तथा विदेशमा रहेका नेपालीहरुको ठूलो साथ र सहयोग रहेको उनी बताउँछिन् । उनलाई राम कंडेल र टिम हङकङ, रामकुमार श्रेष्ठ इजरायल, सकुन्तला थापा इटाली (लोक गायिका), मृगतृष्णा कला साहित्य डबली मञ्च साउदी अरबबाट राहत संकलन गर्न सहयोग गरेका छन् ।

‘मलाई जसरी विश्वास गरेर विदेशमा रहेका नेपालीहरुले ममार्फत भूकम्पपीडितसामु राहत सामाग्री पु¥याउन सहयोग गर्नु भएको छ, उहाँहरुको यो विश्वास र साथको लागि सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु,’ मुनाले भनिन् ।***

तपाईको प्रतिक्रिया