Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– सरकारले भूकम्प पीडित परिवारलाई अस्थायी बसोबासका लागि रकम उपलव्ध गराउने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बर्षात् अघि नै अस्थायी बसोबासका मिलाउन जस्तापाता खरिद लगायतको प्रयोजनका लागि १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

बैठकले सरकारी निकाय मार्फत् जस्तापाता वितरण गर्दा ढिलो हुने सुझाव आएपपछि सोझै रकम प्रदान गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता मिनेन्द्र रिजालले पीडितलाई परिचय पत्र उपलव्ध गराई त्यसको आधारमा रकम वितरण गरिने निर्णय भएको जानकारी दिनुभयो ।

सरकारले नै समन्वय गरेर जस्तापाता भने बजारमा अभाव हुन नदिने गरी काम गर्नेछ । पीडितहरुलाई परिचय पत्र जिल्ला दैवीप्रकोप उद्धार समितिले लगायतको संयोजनमा वितरण गरिनेछ ।

तपाईको प्रतिक्रिया