Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमा सवार ८ जनाको शव फेला परेको छ । सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटनामा परेको सो हेलिकप्टरमा सवार ६ अमेरिकी र २ नेपाली सेनाका अधिकारी थिए । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार आठै जनाको शब फेला परे पनि पहिचान गर्न नसकिने अवस्थाका रहेको छ । दुर्घटनास्थलमा हेलिकप्टरका सबै पुर्जाहरु छरिएको छ ।

शुक्रबार दिउँसो ११ हजार २ सय फिट अग्लो डाँडामा हेलिकोप्टरको दुर्घटना भएको खुलेपछि स्थल र हवाइमार्गबाट सुरक्षा टोली पुगेको थियो । थप टोली हवाईमार्गबाट जाने प्रयासमा रहेपनि मौसम खराब बनेपछि प्रयास सम्भव भएको थिएन । मौसम सुधारिएपछि शनिबार दुर्घटनास्थलमा नेपाली सेना र अमेरिकी मरिन समुह गएको थियो ।

२९ गतेको शक्तिशाली पराकम्पनपछि दोलखामा खोजी र उद्धारका लागी गएको अमेरिकी सेनाको युएच वानवाई ह्युक हेलिकोप्टर दोलखाको सुनखानी क्षेत्रबाट हराएको थियो । हराएको चौथो दिन स्थानीयवासीको सूचनाको आधारमा दुर्घटनास्थलको पहिचान भएको थियो ।

हेलिकप्टरमा नेपाली सेनाका क्याप्टेन तपेन्द्र रावल र अर्का जमदार रहेको खुलेको छ । हेलिकप्टरमा रहेका ६ जना अमेरिकी सेनामध्ये चालक अमेरिकी मरिन समुहमा क्याप्टेन क्रिस नोर्गेन र अमेरिकी सेनाकै ज्याकव हव रहेको खुलेको छ ।

तपाईको प्रतिक्रिया