Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– नेपाली काँग्रेस पदाधिकारीको बैठकले विपद् व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयन्त्रसँग समन्वय, सम्पर्क र सहयोगमा राहत वितरण तथा पुर्नस्थापनाको कार्यक्रम हुन नसकेको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकले अहिले भइरहेको राहत वितरण कार्यमा समन्वयको अभावले गर्दा कतै राहत थुप्रिएको र कतै अपुग हुने अवस्था सिर्जना भएको भन्दै सन्तुलित वितरणका लागि एकद्वार प्रणाली कायम गर्न आवश्यक भएको ठहर गरेको हो । बैठकले राहत वितरण कार्यमा भएको कमीकमजोरीको समीक्षा गर्दै समानुपातिक र समन्वय कायम गरी राहत वितरणमा विशेष चनाखो भएर काम गर्न तथा राहत वितरण कार्यलाई व्यवस्थित, प्रभावकारी र तीव्र तुल्याउन सरकारलाई सुझाव दिएको छ ।

भूकम्प प्रभावित सर्वसाधारणलाई राहत वितरणमा समन्वयको अभावले व्यवस्थित र पारदर्शी हुन नसकेको ठहर गर्दै उक्त कार्यमा आवश्यक समन्वय कायम गरी व्यवस्थित र तीव्र तुल्याउन सरकार र समग्र पार्टी पङ्क्तिको ध्यानाकर्षण गरिएको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । बैठकले भूकम्पपछि घरबारविहीन भएका सर्वसाधारणलाई यथाशीघ्र अस्थायी आवासका लागि जस्तापाता पुर्याउन, वर्षा सुरु हुनअघि नै अस्थायी आवास निर्माण गर्नुपर्ने सुझाव दिएको उहाँले उल्लेख गर्नुभयो ।

पदाधिकारी बैठकले राहत कार्यलाई प्रभावकारी तुल्याउन त्यहाँ देखिएका समस्या सुल्झाउन पार्टीका तर्फबाट प्रधानमन्त्रीलगायत मन्त्रीहरुको ध्यानाकर्षण गराएको छ । भूकम्पबाट प्रभावित सर्वसाधारणका लागि अस्थायी आवास निर्माण गर्न पार्टीको संरचनालाई परिचालन गर्ने तयारीसमेत गरेको प्रवक्ता बडूले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्रीसहितका पदाधिकारीले राहत पुर्याउने कार्यलाई थप द्रुत तुल्याउने प्रतिबद्धता जनाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया