Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

गोरखा- गत वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पलगत्तै खसेको पहिरोमा पुरिएका आमाछोरीको शबलाई शनिबार बिहान निकालिएको छ ।

छोरी प्रज्ञालाई खोप लगाएर घर फर्कदै गरेकी गोरखा बारपाक–१ पोखरीकी अञ्जु विकलाई पहिरोभित्रबाट निकालिएको हो । सौरपानी गाविसको झोलुङ्गे नजिकै खसेको पहिरोभित्र आमाछोरी थिचिएका थिए ।

नेपाली सेनाको टोली र जिल्लास्थित सडक कार्यालयबाट खटिएको संयुक्त उद्धार टोलीले शबलाई आज निकालेको भैरवी दल गणका गणपति प्रेमबहादुर थापाले जानकारी दिनुभयो ।

योसँगै बारपाकमा मात्र भूकम्पमा परी ७० जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया