Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती उमेरहदका कारण सेवानिवृत्त भएका छन् ।

आयुक्तत्रय दोलखबहादुर गुरुङ, डा. अयोधीप्रसाद यादव र इला शर्मा तथा आयोगका कर्मचारीले उहाँलाई विदाई अभिवादन गरे ।

मुलुकमा प्रजातन्त्रको पुनःस्थापनासँगै विसं २०४७ सालमा विशेषज्ञको रुपमा आयोगमा प्रवेश गरेका उप्रेतीले पछिल्लो समय प्रमुख निर्वाचन आयुक्तको रुपमा दुई वर्ष दुई महिना काम गर्ने अवसर पाएका थिए ।

विसं २०४८ सालपछिका सम्पूर्ण निर्वाचनमा कुनै न कुनै रुपमा योगदान पुर्‍याएका उप्रेती २०६३ साल कात्तिकमा निर्वाचन आयुक्त, २०६६ साल जेठमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र २०६८ सालको चैतमा प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्ने मौका प्राप्त गरे ।

उनले प्रजातन्त्रपछि छैटौं प्रमुख निर्वाचन आयुक्तको रुपमा काम गर्ने अवसर पाएका थिए ।

उनी सेवानिवृत्त भएसँगै आयोगका वरिष्ठ आयुक्त दोलखबहादुर गुरुङले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको रुपमा जिम्मेवारी सम्हाल्नेछन् ।

तपाईको प्रतिक्रिया