Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौ- कांग्रेस केन्द्रीय सदस्य तथा सभासदले भूकम्पग्रस्त जिल्लाका जोखिमपूर्ण बस्ती तराईमा सार्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । कांग्रेसले भूकम्पग्रस्त १४ जिल्लामा अनुगमन गर्न पठाएको केन्द्रीय सदस्य तथा सभासदहरुको टोलीले स्थलगत भ्रमण री यस्तो सुझाव दिएका हुन् ।

भूकम्पग्रस्त १४ जिल्लामा स्थलगत भ्रमण गरी काठमाडौ फर्केका सभासद तथा केन्द्रीय सदस्यहरुले शुक्रबार प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालालाई लिखित रुपमा सुझाव दिएका हुन् । उनीहरुले सिन्धुपाल्चोक, दोलखा, गोरखा लगायत केही ठाउँमा बस्ती नै असुरक्षित रहेको भन्दै जोखिमपूर्ण वस्तीलाई तत्कालै जिल्लाकै सुरक्षित ठाउँमा या तराईमा सार्न सुझाव दिए ।

त्यस्तो ठाउँमा एकीकृत बस्ती बसाउन पनि उनीहरुले सुझाव दिएका छन् ।

नयाँ ठाउँमा बस्ती बसाउँदा खाली भएका बस्तीलाई संरक्षित क्षेत्र बनाउन पनि पार्टीलाई सुझाव दिएका छन् । संरक्षित क्षेत्रमा सुरक्षित बस्ती बनाउन सकिने उनीहरुको भनाई छ । वर्षायाम सुरु हुनअघि नै असुरक्षित बस्तीलाई सुरक्षित स्थानतिर बस्ती सानुपर्ने तर्क उनीहरुले राखेका छन् ।

तपाईको प्रतिक्रिया