Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– संयुक्त राष्ट्र संघका काठमाडौंस्थित मानवीय समन्वयकर्ता जेमी म्याकगोल्डरिकले भूकम्पपीडिको सहायतार्थ ४२ करोड ३० लाख अमेरिकी डलर तत्काल आवश्यक भएको बताउँदै अन्तर्राष्ट्रिय समुदाय र साझेदार संस्थाहरुसँग उक्त रकम जुटाउनु पुनः आग्रह गर्नुभएको छ ।

राष्ट्रसंघले नेपालका भूकम्प पीडितलाई पहिलो तीन महिनाका लागि ‘छाना, खाना र नाना’को व्यवस्था गर्न उक्त रकम आवश्यक परेको जनाउँदै केही साताअघि गरेको अन्तर्राष्ट्रिय अपिलअनुरुप हालसम्म पाँच करोड ९५ लाख डलर मात्र प्राप्त भएकाले मानवीय सहायताका लागि तत्काल उक्त रकम उपलब्ध गराउन उहाँले आग्रह गर्नुभएको हो ।

राष्ट्रसंघले जेनेभा र काठमाडौँबाट त्यस्तो सहायताको अपिल गरेकामा हालसम्म पर्याप्त रकम संकलन नभएकाले शुक्रबार पुनः बैंकक र काठमाडौँबाट फेरि त्यस्तो अपिल गरेको हो ।

“नेपाली जनताको आपत्कालीन आवश्यकता जुटाउन हाम्रो क्षमता र प्राप्त आर्थिक सहयोगमा निर्भर गर्छ । हामीले धेरै चुनौतीको सामना गर्नु परेको छ । विशेषगरी नेपालको भूगोल र विकटताले राहतका कार्यक्रमहरु सहज रुपमा सञ्चालन गर्न कठिनाइ भएको छ”–समन्वयकर्ता गोल्डरिकले भन्नुभएको छ ।

बर्षायाम प्रारम्भ हुनुअगावै पहाडी भेगका भूकम्पपीडितलाई बासको व्यवस्था गर्नु सबैभन्दा पहिलो प्राथमिकता भएकाले जतिसक्दो चाँडो ती पीडितको टाउकोमाथि छाना राख्नुलाई राष्ट्रसंघले उच्च प्राथमिकता दिएको उहाँले शुक्रबार जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया