Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

1टोकियो – नेपाल पत्रकार महासंघ जापान शाखाका सदस्य खड्गसिंह गुरुङले कास्की जिल्लाको माझठाना – ९ रैकरस्थित रत्नशोभा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ ।

उहाँले उक्त विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको ब्यवस्था गर्न आफ़्ना स्वर्गिय पिता जुमबहादुर गुरुङको नाममा गत वर्ष २ लाख २० हजार १ सय १ रुपैंयाको अक्षयकोष स्थापना गर्नुभएको थियो । उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमबाट हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै जाने योजनाअनुसार उहाँले यो वर्ष ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको हो । हालै विद्यालयमा आयोजित ५६ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा भवन शिलान्यास समारोहका अवसरमा उहाँले छात्रवृत्ति प्रदान गर्नुभएको हो ।

कास्की पोखरा समाजका कोषाध्यक्षसमेत रहनुभएका फोटो पत्रकार गुरुङले हालै नेपाल जानुभएको बेलामा उक्त छात्रवृत्ति बितरण गर्नुभएको हो । छात्रवृत्ति प्रदान गरिएका ५ जना विद्यार्थीमध्य कक्षा ३ का असहाय छात्र प्रकाश गुरुङलाई भने यो वर्ष देखि उहाँले आफ़्नै घरमा राखेर पढाईदिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । छात्रवृत्ति पाउने अन्य विद्यार्थीहरुमा नारायण परियार कक्षा-८,  निरुता केसी कक्षा-९, आदर्श तिवारी कक्षा-२ र सुनिता तिमिल्सिना कक्षा-१२ रहेका छन ।

यहि बैशाख २५ गते उक्त विद्यालयमा आयोजित एक समारोहका बीच उहाँले छात्रवृत्ति प्रदान गर्दै आफुले पढेको विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्तिको ब्यवस्था गर्न पाउँदा खुशी लागेको विचार ब्यक्त गर्नुभयो । उहाँले उक्त वार्षिकोत्सव समारोहमा चियाखाजाको ब्यवस्था पनि आफैले गर्नुभएको थियो ।

सभासद यज्ञबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको सो समारोहमा विभिन्न राजनैतिक दलका स्थानीय जनप्रतिनिधिहरु, शिक्षाप्रेमी, बुद्धिजीवी, अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

आ-आफ़्ना गाउँ-ठाउँका विद्यालय के कसरी चलेका छन्, तिनको स्थिति के छ, पठनपाठनको स्तर तथा विद्यार्थीहरुको समस्या लगायतका यावत कुरामा बिदेशमा बस्ने नेपालीहरुले यसरी नै चासो र चिन्ता लिएर सकेको योगदान गर्ने हो भने शिक्षाको क्षेत्रमा उल्लेख्य सहयोग पुग्ने जानकारहरु बताउँछन् ।***  5 4 3 2 1
687

तपाईको प्रतिक्रिया