Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- नेपाल विद्यार्थी सङ्घले भूकम्पपीडितको सहयोगका लागि सुरु गरेको एक कप चिया अभियान अन्तर्गत १० लाख रुपैयाँ जम्मा गरेको छ ।

विनाशकारी भूकम्पका कारण विभिन्न जिल्लामा सर्वसाधारण पीडित बनेका कारण उनीहरुलाई सहयोग पुर्‍याउन ‘एक कप चिया अभियान’ सुरु गरिएको हो । प्रवक्ता युपी लामिछानेका अनुसार सङ्घका प्रत्येक सदस्यलाई न्यूनतम एक कप चिया भूकम्पपीडितको सहयोगका लागि खर्च छुट्याउन आग्रह गरिएको छ । “अभियान अन्तर्गत हालसम्म रु १० लाख जम्मा भइसकेको छ । सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत भूकम्पपीडितको सहयोगका लागि पठाइने छ ।” – उहाँले भन्नुभयो । सङ्घले भूकम्पका कारण समस्याग्रस्त जिल्लामा उद्धार तथा राहतका लागि जुट्न सङ्घका जिल्ला समितिलाई आग्रह गरेको छ । प्रभावित नबनेका जिल्लाका समितिलाई सहयोग जुटाएर पठाउन तथा समस्याग्रस्त जिल्लाका समितिलाई त्यही उद्धार तथा राहतका लागि जुट्दै पीडितलाई सहयोग गर्न केन्द्रले निर्देशन दिएको प्रवक्ता लामिछानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया