Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं- वैशाख १२ गते मध्यान्ह गएको महाविनाशकारी भूकम्पको अत्यासले नछोड्दै मंगलबार गएको अर्को भूकम्पको धक्काले मुलुकको जनजीवन फेरि भयभित बनेको छ ।

अघिल्लो भूकम्पको क्षतिले क्षत विक्षत बनेको मानवीय तथा भौतिक संरचनामा मंगलबारको भूकम्पले थप पीडाहरु थपेको छ । चहर्‍याइरहेका घाउहरुले मल्हम खोजिरहेको अवस्थामा मंगलबारको कम्पनले थप चर्काएको छ थप चहर्‍याएको छ, अन्त्यहीन अत्यास बनेर ।

पटक पटकको भूकम्पको धक्काले सर्वसाधारणका घर र सरकारी भवन गरेर साढे दुई लाख भन्दा बढी घरहरु क्षतिग्रस्त बनेका छन् । ढल्किएका तथा चर्किएका घरहरु कति वेला ढल्ने हुन् यही प्रश्नको त्रासले पीडितहरुलाई थप पीडा थपेको छ ।

बस्नका लागि निर्माण गरिएका आफ्नै घरहरुको रमिते बन्नु परेको छ राजधानीवासी । खुल्ला स्थानको वास रोज्न बाध्य उनीहरुलाई आफ्ना घरहरुले थप क्षति पुर्‍याउने भय छ । जोखिममा रहेको भवनको भाग हटाउनका लागि सरकारसँग गुहार माग्दा पनि सुनुवाई नभएको उनीहरुको गुनासो छ ।

आफूहरुको मात्र नभएर छिमेकी घरहरु, सवारीसाधन र मानिसहरुको आवतजावतमा खतरा रहे पनि सरकारले वेवास्ता गरेको स्थानीयहरु बताउँछन् । सहरमा थुप्रै घरहरु डरलाग्दा गरी ढल्न लागेका छन् जसले जुन कुनै बेला थप क्षति पुर्‍याउन सक्छन् । ***

तपाईको प्रतिक्रिया